कार्तिक १६, २०८२
ताप्लेजुङ – गाडी रोकेर चक्कामा ओट लगाउने क्रममा चालक सहित दुइजना घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट काफ्लेपाटी जाँदै गरेको मे१ज २३२४ नम्बरको बलेरो गाडीका चालक उमेश राइ गम्भीर घाइते भएका हुन् ।
पर्यटक सहायता प्रहरी डेक्स काफ्लेपाटीका प्रहरी नायब निरीक्षक गोविन्द सिलवालका अनुसार सापट भन्ने चिज भाँच्चिएर गाडी अगाडि नबढेपछि पाँचथर फिदिम नगरपालिका १३ घर भएका चालक गाडीबाट निस्किएर ढुङ्गाको ओट लगाउन लागेका थिए । त्यही क्रममा चक्काले किचेर चालक घाइते भएको सिलवालले जानकारी दिए । बलेरो चालक राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, बायाँ खुट्टा, हात लगायतका शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक वेद प्रसाद गौतमका अनुसार गाडीमा ११ जना यात्रु सवार रहेका थिए । यात्रु मध्येका मोरङ उर्लाबारी नगरपालिका ४ निवासी मन्जु न्यौपानेका ११ बर्षिया छोरा अङ्कित न्यौपाने सामान्य घाइते भएका छन् । अन्य यात्रुभनें सकुशल रहेको गौतमले जानकारी दिए । ,काफ्लेपाटी बाट तीन सय मिटर दक्षिणमा उत्त घटना भएको प्रहरीले जनाएको छ । यात्रुलाई प्रहरीले अर्को गाडीको ब्यवस्थागरी गन्तव्यमा पुर्याएको छ
