२१ मंसिर २०८२, आइतबार

चौँरी गाईको आक्रमणबाट विदेशी पर्यटक घाइते, हेलिकप्टर वाट काठमाण्डु लैजाने

Logo
Taplejung Press आइतबार, कार्तिक १६, २०८२

कार्तिक १६, २०८२
ताप्लेजुङ – चौँरी गाईको आक्रमणमा परी फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा एक विदेशी पर्यटक घाइते भएका छन् । आइतबार दिउसो ३ बजेको समयमा घुन्सावाट फले तर्फ फर्कदैन गर्दा स्विट्जरल्याण्डको नागरिक ६४ वर्षीय रोलाण्ड क्रिस्टन घाइते भएको इलाका प्रहरी कार्यालय घुन्साले जनाएको छ ।
प्रहरी हवल्दार जितबहादुर तामाङका अनुसार गाईले पहाडीबाट आक्रमण गरेको थियो । उनको दाहिने खुट्टाको पछाडिपट्टि चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको तामाङले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार खुट्टामा लागेको चोटका कारण हिड्‌न कठिन भएपछि सोमबार हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डु लैजाने तयारी भएको छ । स्थानीय घुन्सा स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर होटलमा राखिएको छ ।
हिमाली क्षेत्रका पशु चौपाया चरनमा छोडिएको हुन्छ । हिड्ने क्रममा कहिलेकाँही यस्तो घटना हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!