कार्तिक ११, २०८२
ताप्लेजुङ – मङ्गलबार ठुलो दाना भएको अलैँचीको मूल्य प्रतिमन एक लाख ७ हजार पुगेको छ । अलैँची व्यवसायी खेम सङ्ग्रौलाक अनुसार यसलाई भार्लाङ जात पनि भनिन्छ ।
जेजे नामले चिनिने पुच्छर काटेको अलैँचीको मूल्य ९९ हजार देखि एक लाख सम्मले कारोबार भइरहेको सङ्ग्रौलाले बताएका छन् । यसमापनि ग्रेडिङ गरिएको भनेँ हुन्छ ।
चलनचल्तीको अलैँचीको मूल्यभने ९६ हजारले कारोबार भइरहेको सङ्ग्रौलाले बताएका छन् । यो झापाको बिर्तामोड र तेह्रथुमको सग्राँती बजारको मूल्य हो ।
