

आश्विन २०८२
ताप्लेजुङ – पाथीभरा क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेलका पिता बलराम पौडेलको बिहीबार बिहान निधन भएको छ । ७३ वर्षीय पौडेलको बिहीवार बिहान आकस्मिक निधन भएको परिवारले जनाएका छन् । उनी आफन्तसँगको भेटघाटकालागि पाथीभरा याङवरकको थुम्बेदिन गएका थिए ।
श्रीमतीसँगै रहेका पौडेल आज बिहान घर फर्कन गाडी चढ्ने तयारीमा रहेका थिए । गाडी चढ्नुअघि शौचालय गएका उनले फर्किएपछि तल्लो पेट दुख्यो एकछिन आराम गर्छु भनेर बसेका थिए । श्रीमतीको साथमै रहँदा त्यही निधन भएको परिवारले बताएका छन् । पौडेलका तीन छोरा मध्ये जेठो सजन र माइलो हरि छन् । कान्छो किरणको यस अघिनै निधन भइसकेको छ ।
पौडेलको अन्येष्टि शुक्रबार कावेली नदी घाटमा गरिने परिवारले जानकारी दिए ।