०४ कार्तिक २०८२, मंगलबार

मिक्वाखोलाका सवै वडामा विद्युतको केन्द्रीय प्रसारण लाइन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आश्विन २५, २०८२

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिकाका सबै वडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

यसअघि मिक्वाखोलाको वडा नम्बर १ र २ खोक्लिङसम्म पुगेको थियो । वडा नम्बर ३ लिवाङ, ४ साँवा ५ पापुङमा समेत केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार गाउँपालिका समेतको समन्वय र साझेदारीमा पुरै पालिकामा प्रसारण लाइन जोडिएको हो । लिवाङ, साँवा र पापुङमा यसअघि स्थानीय उत्पादन प्रयोग हुँदै आएको थियो ।

स्थानीय उत्पादनमा अवरोध भइरहने र जनताको गुनासो आइरहेकाले पनि केन्द्रीय प्रसारण लाइन जडानमा जोड दिनुपरेको अध्यक्ष कार्कीले बताए । स्थानीय उत्पादनमात्रै भएकाले यो गाउँपालिकामा रहेका अधिकांश टेलिफोन टावरमा सोलार प्यानल र त्यसैको ब्याट्री राखिएको थियो ।

त्यो ब्याट्री घाम लाग्दामात्रै चार्ज हुने भएकाले घाम नलाग्दा र लामो समय पानी नपर्दा वा मौसम धुमिलहुँदा टावर नचल्ने समस्या रहेको छ । प्रसारणलाइन ति स्थानसम्म पनि पुर्‍याउने र नियमित अर्थात २४ सैं घण्टा चल्नेगरीको बनाइने कार्कीले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!