

२१ आश्विन २०८२
ताप्लेजुङ – सिदिङवा गाउँपालिका ३ आङ्खोपमा मङ्गलबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छभनें छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तेल्लोकका अनुसार सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोप तर्फ जाँदै गरेको प्र१-०१-००१ ज ३४७० नम्बरको बलेरो गाडी सडकबाट दुई सय मिटर तल झरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतका अनुसार सिदिङवा गाउँपालिका ३ आङ्खोप बस्ने ६० वर्षीय लोक बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । आङ्खोपकै ६० बर्षिया लोक बहादुर चौहानको टाउकाको पछाडि, घाटी र खुट्टामा चोट लागेको छभनें ४५ बर्षिय प्रकाश चौहानको टाउको र ढाटमा चोट लागेको छ । लोकबहादुर र प्रकाशको अवस्था गम्भिर रहेको बस्नेतले जानकारी दिए ।
३० वर्षीय सृजना चौहानको ढाडमा र ४ वर्षीय प्रियान्स चौहानको बाया पट्टीको टाउकोमा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । दुवैको अवस्था मध्यम रहेको उल्लेख छ । गाडी चालक ४० वर्षीय प्रकाश सुवाङ ३ वर्षीय प्रियन्सा चौहानको अवस्थाभने सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको सावलाखु प्रहरी चौकीमा उपचार भइरहेको छ ।
साँझ ६ः३० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सावलाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदिप बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घाइतेलाई उपचारकालागि सावलाखु स्वास्थ्य चौकी पुर्याएका थिए।