

२१ आश्विन २०८२
ताप्लेजुङ -आठराइ त्रिवेणी गाउँपालिका ५ तिलवारीमा ढुङ्गा झरेर सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार यसले मैवाखोला, आठराइ त्रिवेणी जाने सडक अवरुद्ध बनाएको छ । दोभानबाट आठराइ त्रिवेणीको केन्द्र हाङपाङ जाने सडक अवरुद्ध बनाएको हो ।
करिव १०-१५ मिटर माथिबाट ढुङ्गा झरेपछि र मान्छेले पन्छाउन सक्ने अवस्था नभएपछि इलाका प्रहरी कार्यालय दोभानले गाउँ पालिकासँग समन्वय गरिरहेको बस्नेतले जानकारी दिए । स्काभेटरको प्रयोगले मात्रै पहिरो पन्साउन सकिने प्रहरीले जनाएको छ ।