०४ कार्तिक २०८२, मंगलबार

निगुरादिनवाट फुङलिङ जाँदै गरेको जिप दुर्घटनाका घाइतेलाई पाँचथर अस्पताल लगिने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, आश्विन २०, २०८२

आश्विन २१, २०८२
ताप्लेजुङ – आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन बाट ताप्लेजुङ सदरमुकाम फुङलिङ तर्फ जाँदै गरेको मे १ ज २५१९ नम्बर को जिप दुर्घटना भएको छ । घाइतेलाई उपचारलागि पाँचथरको फिदिम अस्पताल लाने तयारी छ । आठराइ त्रिवेणी ३ हाङपाङ पुच्छार लाफा चोक नजिक सडकमा पल्टिएको जीपमा सवार चालक सहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विवेक वस्नेतका अनुसार सिदिङवा गाउँपालिका ५ लिम्बुदिन की सविना श्रेष्ठ, आठराई त्रिवेणी ३ हाङपाङ की रञ्जिता लिम्बू र चालक आठराई त्रिवेढाी १ का घनश्याक ब्याङगु घाइते भएका छन् । सविनाको टाउको र निधारमा चोट लागेकोछभनें रञ्जिताको बाँया हात र टाउकोमा चोट लागेको छ । चालक घनश्यामलाई शरिरका विभिन्न भागमा चोट लागेको घटनास्थलमा पुगेको प्रहरीले जनाएका छन् ।
गाउँपालिका अध्यक्ष दिपेन पोमुका अनुसार जिपमा चालक सहित ११ जना थिए । सडकमै पल्टिएकोले अन्य यात्रु घाइते नभएको पोमुले जानकारी दिए । आठ जना यात्रु सकुशल रहेको पोमुले जानकारी दिए ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवाबाट असोज १८ गते धरान जाँदै गरेको जिप पाँचथरको कार्तिकेभीरमा दुर्घटना भएको थियो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको थियोभनें छ जनाको धरानको घोपा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!