०४ कार्तिक २०८२, मंगलबार

मेची राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउन चारपाँच दिन लाग्ने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, आश्विन १९, २०८२

२१ आश्विन २०८२
ताप्लेजुङ – मेची राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन चारपाँच दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ताप्लेजुङदेखि पाँचथर फिदिमसम्म कुनै अवरोध नभएपनि फिदिमदेखि राँकेसम्म एकतर्फी यातायात मात्रै चल्ने अवस्था रहेको छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै समस्या रहेको छ । ‘आजदेखि सडक खुलाउन क्रियाशील रहन्छौँ, सकेसम्म चाँडो खोल्ने प्रयास गछौँ तर अहिलेको अवस्था हेर्दा चारपाँच दिनसम्म लाग्ने देखिन्छ’ भट्टराईले भने ।
उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं अलैँची व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष पाँचथरका दीपक नेपालले मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध रहेकाले पाँचथरको जोरसालबाट तेह्रथुमको सग्राँती बजार हुँदै म्याङलुङ बाट धरान निस्कन यात्रु र सवारी सञ्चालकलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!