०४ कार्तिक २०८२, मंगलबार

पाँचथर गाडी दुर्घटना ः मलेसियामा मृत्युभएका दिपेशको शव लिन हिँडेका अभिषेक र धनकुमार आफैं फर्किएनन्  

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आश्विन १८, २०८२

१९ आश्विन २०८२
ताप्लेजुङ पाँचथरको कुम्यायक गाउँपालिका ३ कार्तिकेमा भएको गाडी दुर्घटनामा मृत्युभएका अभिषेक लिम्बू र धनकुमार लिम्बू मलेसियामा मृत्यु भएका गाउँका साथीको शव लिन हिँडेका पाइएको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया गएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका दीपेस केदेम लिम्बू अस्ति ३० तारेखको दिन बिहान मलेसियामा मृत भेटिएका थिए । थुकिमाका भुपेन नाल्बो लिम्बूका अनुसार उनको शव भाद्र २० गते सोमबार काठमाण्डौमा आउने भएपछि गएका हुन् ।
शव ल्याउन सक्ने जनशक्ति घरमा नभएपछि र मानवीय हिसाबले त्यस्तोबेला सहयोग गर्नुपर्ने भएकाले छिमेकीहरू शव लिन जाने क्रममा आफैं दुर्घटनामा परेको भुपेनले जानकारी दिए । थुकिम्वाबाट गाडी चढेका उनीहरूको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । चालक सहित १२ जना सवार गाडीका छ जनाको घटनास्थलमै मृत्यु भयोभनें छ जनाको धरानको घोपा क्याम्पमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!