२८ आश्विन २०८३, बिहिबार

मौसम खुलेपछी यात्रामा निस्किए कञ्चनजङ्घा क्षेत्रमा पुगेका पर्यटक

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आश्विन १८, २०८२

१९ आश्विन २०८२
ताप्लेजुङ खराब मौसमका कारण रोकिएका पर्यटकहरू यात्रामा निस्कन थालेका छन् । कञ्चनजङ्घाको आधार शिविर खम्बाछेन, घुन्सा, लोनाक पुगेका पर्यटकहरू बिहान मौसम खुलेर घाम लाग्न थालेपछी यात्रामा निस्किएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।
‘आज बाट मौसममा केही सुधार आएको छ। पर्यटकहरू कोही कञ्चनजङ्घा आधार शिविर तर्फ अनि कोही जानु हिमाल तर्फ लागेका छन भने बाँक हिउँ सङ्ग खम्बाछेनमा रमाइ रहेका छन्ख’ खम्बाछेन स्थित कञ्चनजङ्घा ह्वाइट हाउसका सञ्चालक नुपू छिरिङ शेर्पाले लेखेका छन् ।
कञ्चनजङ्घा क्षेत्रमा अहिले ७५ जनाको हाराहारीमा विदेशी र उनीहरूका सहयोगी समेत गरी दुई सय बढीले भ्रमण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका घुन्साका पर्यटन सहायक टाँसी शेर्पाले बताए । कञ्चनजङ्घा जानेले पाँचथरको गणेश चोकबाट खेवाङ, याम्फुदिन हुँदै पूर्वी र ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक, लेलेप, घुन्सा हुँदै उत्तरी बेसक्याम्पको भ्रमण गर्ने गरेका छन् ।
वर्षाका कारण अस्ति र हिजो धेरैजसो पर्यटक होटलमा बसेका थिए । उनिहरुलाई एक दुइदिन यात्रा रोकिदिन स्थानीय व्यवसायीले आग्रह गरेका थिए । सदरमुकाम फुङलिङमा भारतीय समेतका पर्यटक आठजनालाई यही रोकिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066