०४ कार्तिक २०८२, मंगलबार

पाँचथर दुर्घट्नाका सवै मृतक र घाइतेको पहिचान खुल्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आश्विन १८, २०८२

लक्ष्मी गौतम
पाँचथर – पचथरको कुम्मायक ३ कात्तिकेमा भएको बलेरो दुर्घट्नामा ज्यान गुमाएका ६ जना नागरिकको पहिचान खुलेको छ ।
तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा शनिवार मध्यान्ह मे १ ज ३०५५ नम्बरको बलेरो सडकदेखि तीनसय मिटर तल खस्दा ज्यान गुमाएका ६ र घाइते भएका ६ गरी १२ जनाकै पहिचान खुलेको हो ।
दुर्घट्नामा परेका मध्ये ताप्लेजुङको मेरिङदेन ५ की २८ वर्षीया मनिषा कार्की र मेरिङदेन ४ की २१ वर्षीया गिता हाङगाम,मेरिङदिन २ का ३३ वर्षीय बिनोद लुङवा, ताप्लेलुङ सिदिङवा १ की २९ वर्षीया युना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पा“चथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
बलरोमा सवार दुर्घट्नामा मेरिङदेन ५ का २५ वर्षीय धनकुमार लिम्बू, ३२ वर्षीय अभिषेक लिम्बूको पनि निधन भएको छ ।
दुर्घट्नामा ताप्लेजुङको मेरिङदेन ५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला ४ का २५ वर्षीया मनु साँवा लिम्बू,ताप्लेजुङ कालिखोलाका का ७ वर्षीय सन्तोष लिम्वू, सुनसरी इटहरी ७ का ३५ व्र्षीय महेश गुरागाई,मेरिङदेन ५ का २५ वर्षीय बिमल लिम्बू, मिक्वाखोला ४ ताप्लेजुङका २९ वर्षीय सञ्जुहाङ लिम्बू घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउ“पालिका–४ साँवाबाट धरानका लागि छुटेको बलेरो शनिवार मध्यान्ह पा“चथरको कुम्मायक ३ स्थित तमोर करिडोरको कात्तिके खण्डमा दुर्घट्नामा परेको थियो ।
दुर्घट्नामा ज्यान गुमाएका ६ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ भने घाइतेहरुलाई उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइते अधिकांशको टाउको,ढाड र हात खुट्टामा चोट लागेको प्रत्यक्षदर्सीहरुले बताए ।
बलेरोमा चालक सहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घट्नाको के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते र मृतकको उद्वारका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना खटेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!