०४ कार्तिक २०८२, मंगलबार

पाँचथर दुर्घटना : ६ जनाको उद्धार

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १७, २०८२

पाँचथर — शनिबार बिहान पाँचथरमा दुर्घटना भएको जिपमा सवार ६ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये पाँच जनालाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ भने एक जनालाई जिल्ला अस्पतालमा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

थपको उद्धार प्रयार जारी छ । केही मानवीय क्षति भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । जिपमा ११ जना सवार भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!