०५ कार्तिक २०८२, बुधबार

दसैँ कसरी मनाउँदै छन् ताप्लेजुङका निवर्तमान प्रतिनिधिसभा सांसदहरू

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आश्विन १५, २०८२

आश्विन १६, २०८२
ताप्लेजुङ – ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका निवर्तमान सदस्यहरूले यसवर्षको दसैँ राजधानी काठमाण्डौमै मनाउने भएका छन् । पूर्व मन्त्री एवं प्रतिनिधिसभाका निवर्तमान सांसद योगेश भट्टराईले राजधानी काठमाण्डौमै दसैँ मनाउने बताएका हुन् ।
‘मलाई टिका लगाइदिने काठमाण्डौमा हुनुहुन्न, मेरोमा आउनेलाई टिका लगाएर दसैँ मनाउने तयारी गरेको छु,’ भट्टराईले भने, ‘यस वर्ष दसैंकालागि राजधानी बाहिर पनि गइएन ।’ आफन्त साथीभाइसँग भेटघाट छलफल भलाकुसारी गरेर दसैँ मनाउने भट्टराईले बताएका छन् ।
प्रतिनिधिसभाका निवर्तमान सांसद लिलादेवी बोखिमले यस वर्षको दसैँ राजधानीमै मनाउने बताइन । ‘आफन्त नातागोता हुनुहुन्छ त्यता गएर मनाउने तयारी गरिरहेकी छु,’ बोखिमले भनीन्, ‘राजनीतिक रुपमाचाँहि यसवर्ष कतै जाने तयारी छैन ।’ विगतका वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीले लगाइदिने टिका ग्रहणका लागि राजनीति कर्मी जाने गरेका भएपनि यसवर्ष राष्ट्रपतिले समेत टिका लगाउने कार्यक्रम छैन । प्रतिनिधिसभा विगठन हुँदा ताप्लेजुङमै रहेका बोखिम त्यसपछि काठमाण्डौ गएकी हुन् । ‘ताप्लेजुङबाट काठमाण्डौमा आएरपनि राजनीतिक रुपमा कसैसँग भेटवार्ता भएको छैन,’ बोखिमले भनिन्, ‘महामन्त्रीसँग चाँहि फोनमा कुराकानी भएको थियो ।’
प्रतिनिधिसभाका निवर्तमान सांसद उर्मिला थेवेकोभने यसवर्ष दसैँको टिका लगाउन मिल्दैन । ‘हामी परिवार सबैजना यतै काठमाण्डौमै छौँ, भुपेन्द्र दाइ (श्रीमान्) पनि यतै आउनु भएको छ,’ थेवेले भनिन्, ‘आफन्त भेटघाट गर्ने भलाकुसारी गर्ने क्रम चलिरहेको छ, जुठो भएकाले यसवर्ष टिका लगाउन चाँहि मिल्दैन ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!