०४ कार्तिक २०८२, मंगलबार

वडाध्यक्षको अर्थमन्त्रीलाई प्रश्न, स्थानीय तहका टुक्रे योजनापनि काटिएका हुन् ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १०, २०८२

११ आश्विन २०८२
ताप्लेजुङ – फुङलिङ नगरपालिका ८ ले आफ्नो वडामा मृत्यु भएका परिवारका सदस्यलाई १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरदेखि घाटसम्म पुर्याउन शव बोक्ने वाहनको भाडासम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले वडाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । भाडा अभावमा घण्टौँसम्म शव बोकेर खोलामा पुग्नुपर्ने पीडामा मल्हम लगाउन अघिल्लो आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा छ ।
वडाका सुत्केरी महिलाले १० हजार रुपैयाँ बराबरको सहयोग पाउँछन् । जसमा एउटा कुखुराको भाले, अण्डा, पोसिलो खानेकुरा, घिउ लगायतका वस्तु हुन्छन् । सुत्केरी भएको सातादिन नबित्तै वडाध्यक्ष क्षितिज सुनुवार, महिला तथा दलित महिला सदस्य सहितका जनप्रतिनिधि यस्ता सामग्री बोकेर सुत्केरीको घरमै पुग्छन् । त्यही सन्दर्भमा घरायसी अवस्था अवलोकन गछर्न र महिला तथा दलित महिला सदस्य मार्फत सुत्केरी महिलाको अवस्था बुझ्छन् । थप सहयोग गर्नुपर्ने अवस्था भए नगरपालिका उपप्रमुखसँग समेत परामर्श गरेर सुत्केरी महिलालाई सहज वातावरण बनाउँछन् ।
यो कार्यक्रम सञ्चालन भएको दुई आर्थिक वर्ष भइसकेको छ । वडाले गर्ने कार्यक्रम तय गरेपछि नगरसभामा पेश गछर्न । नगरसभाले पारित गरेपछि कार्यान्वयन सुरु हुन्छ । यस आर्थिक वर्षका लागिपनि यो कार्यक्रम रहेको छ । तर यस आर्थिक वर्षमाभनें यस वडाका सुत्केरी महिला र मृतक परिवारले यस्तो सहयोग पाएका छैनन् ।
वडाध्यक्ष क्षितिज सुनुवार आफैंपनि शोकमा परे । आफूसँग रहेका बाजे कर्ण सुनुवारको श्रावण १८ गते निधन भयो । पारिवारिक शोकमा परेका उनी बाजेको १३ औं दिनको किरिया तथा ४५ औं दिनको कार्यमा व्यस्त भए । घरायसी समस्या सुल्झाएपछि वडाका सुत्केरी र मृत्यु भएका परिवारको तथ्याङ्क सङ्कलनमा वडा कार्यालय जुट्यो । साउन यता दर्जनको हाराहारी सुत्केरी र आधा दर्जन मृत परिवार छन् । उनीहरूका लागि करिव दुई लाख रुपैयाँ आवश्यक पर्छ । यो सहयोगका लागि फुङलिङ नगरपालिकाको आर्थिक तथा प्रशासनिक शाखामा पेश्की रकम मागे । तर प्रशासन शाखाले सङ्घीय सरकारबाट टुक्रे योजना कटौतीको निर्देशन आएकाले दिन नमिल्ने निर्णय सुनायो ।
उनको अर्थ मन्त्री लाई प्रश्न छ नगरसभाले पारित गरेका नागरिकले पाउने सुविधाका योजना पनि कटौती भएको हो रु यसले उनिजस्ता वडाध्यक्षहरु बिलखवन्दमा परेका छन् । यति मात्रै नभएर वडाले दुई लाख रुपैयाँ वडाको सडक मर्मतकालागि छुट्याएको छ । बर्खाले बिगारेको सडक मर्मत दसैं अगाडि भए नागरिकले घरसम्मै पुग्ने सुविधा पाउँछन् । तर नगरपालिकाले यसकालागि पनि बजेट निकासादिन मानेन । ‘नगरपालिकाले हामी जनप्रतिनिधिको भत्ता खातामा हालिसक्यो । सामाजीक सुरक्षा भत्ता खातामा हालिसक्यो । शिक्षक कर्मचारीको तलव हालिसक्यो । नागरिकले पाउने यस्ता योजनाको रकमचाही किन नपाउने अर्थ मन्त्री ज्यूले यस्ता विषय प्रष्ट पार्नुपर्ने भएको छ’ उनले भने ।
आफुले ऋण खोजेर भएपनि दिनुपर्ने अवस्था रहेको उनको टिप्पणी छ । भने,‘अहिले यस्तो परेका परिवारले फोन गरेर सोधिरहेका छन् दशैं अगाडीनै ऋण खोजेरपनि उपलब्ध गराउनु पर्ने अवस्था भएको छ र सडकहरु मर्मत गर्नुपर्ने आवष्यकता छ ।’ विपन्न परिवारको वसोवास भएको क्षेत्रमा सुत्केरी महिला र किरिया खर्च वापत दिइने रकमकोपनि आशा गर्ने र कहिले पाइन्छ भनेर फोन गर्ने क्षितिज सुनाउछन् । अर्थ मन्त्रालयले तल्लो निकायलाई यस्ता विषयमा प्रष्ट्याउनु पर्ने उनीजस्ता वडाध्यक्ष माग छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!