०४ कार्तिक २०८२, मंगलबार

ताप्लेजुङको दुई पालिकाका १२ विद्यार्थीलाई छ लाख छात्रवृत्ति

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १०, २०८२

११ आश्विन २०८२
ताप्लेजुङ – ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ‘रिड’ नेपालले कक्षा ११ र १२ अध्ययनकालागि १२ विद्यार्थीलाई छ लाख रुपैंया प्रदान गर्ने भएको छ । उत्तरी चीन र दक्षिणी भारतसँग सिमाना जोडिएका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका विद्यार्थीलाई यस्तो सुविधा दिइएको हो ।
दुईवटा पालिकाका १० वटा वडामा रहेका १२ माध्यमिक विद्यालयका एकएक विद्यार्थीलाई छात्रवृत्ति प्रदानगर्ने निर्णय भएको रिड नेपालका जिल्ला प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए । यो रकम नेपालको दोश्रो तथा विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल (८,५८६ मिटर) का पहिलो आरोही बेलायती नागरीक जर्जवेण्डले स्थापना गरेको हिमालयन ट्रस्ट युकेको सहयोगमा प्रदान गर्ने पन्तले बताए । यसलाई ‘जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति’ भनिएको छ ।
युकेको सहयोगमा रिड नेपालले ५४ वटा विद्यालयमा शैक्षिक गतिविधिका कार्यक्रम गर्दै आएको छ । यसमा १२ वटा माध्यमिक विद्यालय छन् । प्रबन्धक पन्तका अनुसार छात्रवृत्ति पाउनेमा तीनवर्षे प्राविधिकतर्फ फक्ताङलुङ गाउँपालिका ५ तापेथोक पार्वती माविका सरला लिम्बू, सिरिजङ्गा ६ लक्ष्मी मावि मामाङ्खेका ऐश्वर्या लिम्बू, वडा नं ८ याम्फुदिन कञ्चनजङ्घा माविका लक्की भोटे र वडा नं ७ खेवाङ गणेश माविका लक्ष्मीप्रसाद सेन्चुरी रहेका छन् । दुईवर्षे विज्ञान संकायतर्फ फक्ताङलुङ गाउँपालिका ६ लेलेपको सरस्वती च्यारीबुक माविका आङछु डोल्मा शेर्पा र वडा नं ३ लिङखिम सिंवा माविका विक्रम लिम्बूले छात्रवृत्ति पाएका छन् ।
दुईवर्षे शिक्षा–मानविकी तथा व्यवस्थापन संकायतर्फ फक्ताङलुङ ४ इखाबुको सेवालुङ माविका टेकहाङ लिम्बू, सुनदेवी माविका रिजन लिम्बू, वडा नं २ खेजेनिमका सोनिया लिम्बू, आर्दश माविका शान्ति लिम्बू, वडा नं १ सावादिन रविकला माविका नूमा लिम्बू तथा वडा नं ५ तापेथोकको सरस्वती माविका प्रकृति लिम्बूले छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्ति पाउनेले विद्यालयमा वुझाउनु पर्ने सवै शुल्क रकम यहाँवाट पाउने प्रवन्ध रहेको छ । रिड नेपालले १७ वर्षदेखि ताप्लेजुङमा शैक्षिक सुधारका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!