०४ कार्तिक २०८२, मंगलबार

फुङ्लिङ नगरपालिका र जिल्ला अदालतको सेवा बन्द

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, भाद्र २५, २०८२

ताप्लेजुङ – फुङ्लिङ नगरपालिका र जिल्ला अदालतले अनिश्चित कालका लागि सेवा बन्द गरेका छन् । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीको घटनासँगै देशभरको परिस्थिति प्रतिकूल भएपछि फुङ्लिङ नगर र ताप्लेजुङ जिल्ला अदालतले सेवा बन्द गरेका हुन् ।
जेनजी समूहले मङ्गलबार राति गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन ध्वस्त भएको छ । प्रशासकीय भवन तहसनहस भएपछि नगर प्रमुख अमिर मादेनले बुधबार विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाले प्रवाह गर्दै आएको सेवा अनिश्चित कालका लागि बन्द गरिएको उल्लेख गरेका छन् ।
तोडफोड र आगजनीका कारण प्रशासकीय भवन क्षतिग्रस्त भएर काम गर्न सक्ने अवस्था नभएकाले नगरपालिकाको सम्पूर्ण सेवा बन्द गर्नुपरेको नगर प्रमुख मादेनले विज्ञप्तिमा उल्लेख गरृका छन् । अर्को सूचना नभएसम्म नगरपालिकाको सेवा बन्द रहने सूचनामा उल्लेख छ ।
जेनजी समूहको नाममा गरिएको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन क्षति हुनुका साथै कार्यालयभित्र रहेको सम्पूर्ण कागजात, फर्निचरसहितका सामग्री र अन्य भौतिक संरचना नष्ट भएको छ । त्यस्तै नगरपालिकाको दुई वटा वारुणयन्त्र (दमकल), एउटा टिप्पर र एउटा जेसिभी उपकरणमासमेत सो समूहले तोडफोड गरी क्षति पुर्‍याएका छन् ।
यस्तै
ताप्लेजुङ जिल्ला अदालतले पनि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । अदालतका स्रेष्तेदार शम्मी कपुर शाहले बुधबार सूचना प्रकाशित गर्दै देशको विषम परिस्थिति र संवेदनशीलतालाई दृष्टिगत गरी सेवा बन्द गरिएको उल्लेख गरेका छन् ।
स्रेष्तेदार शाहले सेवाग्राही साथै कानुन व्यवसायीहरुको असहजता समेतलाई मध्यनजर गरी अर्को सूचना नभए सम्मका लागि जिल्ला अदालतबाट प्रवाह हुने सेवा बन्द गरिएको जनाएका हुन् । नियमित पेशी, तारेख नगुज्रिने गरी अन्य सेवा बन्द भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!