

ताप्लेजुङ – सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो ।
एक समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेको जनाइएको छ । नाराबाजी गर्दै पुगेका सो समूहले गाउँपालिका कार्यालयका ताल्चा फोर्दै तोडफोड गरेका हुन् ।
भञ्ज्याङवासी स्थानीयका अनुसार कार्यालय तोडफोड गरी कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री उठाएर लगेका छन् । नेतृत्व र तोडफोड गर्नुको उद्देश्यबारे खुलिसकेको छैन । तर जेन जी उमेर समुहका कम देखिन्छन् ।
बुधबार कार्यालयमा तोडफोड भइरहँदा सिदिङ्वा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारी पालिकाको सहयोगमा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा गएको बताइएको छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार एक दिन शोक विदा दिएको थियो ।