

१४ भाद्र २०८२
ताप्लेजुङ – ताप्लेजुङका अलैचीं व्यवसायी वालमणी बराल अलैंची व्यवसायी महासंघ कोशी प्रदेशको संयोजकमा सर्वसम्मत चयन भएका छन । सनिवार झापा बिर्तामोडमा सम्पन्न पाँचौं महाअधिबेशन तथा नवौ साधारणसभाले बराललाई प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । अलैंची कोशी प्रदेशमा सबैभन्दा वढी उत्पादन हुन्छभनें निर्यातपनि झापाको काँकरभिट्टा नाकावाट हुने गरेको छ ।
बरालले यसअघि अलैंची व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्ष, अलैचीं जोनको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारी पुरा गरिसकेका छन् । शनिबार भएको महाधिवेसनले पाचथरका दीपक नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ । प्रज्वल बिमली महासचिव, रामकृष्ण बिष्ट कोषाध्यक्ष, प्रेम राई र सजिंव घिमिरे सहसचिवमा चयन भएको नव निर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । सर्वसम्मतको निर्णयपछि त्यही अनुसार मनोनयन दर्ता गरिएको छ । अध्यक्षको प्रतिष्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए ।
नेपाल अध्यक्ष, चिमरिया बरिष्ठ उपाध्यक्ष र ओमका छोरा प्रज्वललाई महासचिवमा राखेर समिति सर्वसम्मत भएको सहभागीले जनाएका छन् । ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा वढी दोश्रो देश निर्यात हुने सुचीमा अलैंचीपनि पर्ने गरेको छ । काँकरभिट्टा नाकाबाट वढी निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने जिल्लाभनें ४३ पुगिसकेका छन् ।