१७ भाद्र २०८२, बुधबार

विमलीका छोरालाई महासचिव बनाएर जुट्यो अलैँची व्यवसायी महासङ्घमा सहमति  

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, भाद्र १३, २०८२

१४ भाद्र २०८२ 

ताप्लेजुङ – अध्यक्षका प्रतिस्पर्धी ओम विमलीका छोरालाई महासचिव र अर्का प्रतिस्पर्धी नारान चिमरियालाई बरिष्ठ उपाध्यक्ष बनाएपछि नेपाल अलैँची व्यवसायी महासङ्घको महाधिवेशनबाट पाँचथरका दीपक नेपाल सर्वसम्मत अध्यक्ष  भएका छन् । शनिबार भएको महाधिवेसनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

झापा बिर्तामोडमा भएको महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ । प्रज्वल बिमली महासचिव, रामकृष्ण बिष्ट कोषाध्यक्ष, प्रेम राई र सजिंव घिमिरे सहसचिवमा चयन भएको नव निर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । सवैसम्मतको निर्णयपछि त्यही अनुसार मनोनयन दर्ता गरिएको छ । अध्यक्षको प्रतिष्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए । 

नेपाल अध्यक्ष, चिमरिया बरिष्ठ उपाध्यक्ष र ओमका छोरा प्रज्वललाई महासचिवमा राखेर समिति सर्वसम्मत भएको सहभागीले जनाएका छन् । ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा वढी दोश्रो देश निर्यात हुने सुचीमा अलैंचीपनि पर्ने गरेको छ । काँकरभिट्टा नाकाबाट वढी निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने जिल्लाभनें ४३ पुगिसकेका छन् । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!