

१४ भाद्र २०८२
ताप्लेजुङ – नेपाल अलैँची व्यवसायी महासङ्घको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनबाट पाँचथरका दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । शनिबार भएको महाधिवेसनले नेपाललाई चयन गरेको हो ।
झापा बिर्तामोडमा भएको महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ । प्रज्वल बिमली महासचिव, रामकृष्ण बिष्ट कोषाध्यक्ष, प्रेम राई र सजिंव घिमिरे सहसचिवमा चयन भएको नव निर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । सवैसम्मतको निर्णयपछि त्यही अनुसार मनोनयन दर्ता गरिएको छ ।
अध्यक्षको प्रतिष्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए । नेपाल अध्यक्ष, चिमरिया बरिष्ठ उपाध्यक्ष र ओमका छोरा प्रज्वललाई महासचिवमा राखेर समिति सर्वसम्मत भएको सहभागीले जनाएका छन् ।
ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा वढी दोश्रो देश निर्यात हुने सुचीमा अलैंचीपनि पर्ने गरेको छ । काँकरभिट्टा नाकाबाट वढी निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने जिल्लाभनें ४३ पुगिसकेका छन् ।