

ताप्लेजुङ — जिल्ला प्रहरी कार्यालयबाट सदरमुकाम फुङलिङतर्फ गस्तीमा निस्कने क्रममा लडेर बेहोस भएका प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको शुक्रबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेहोस अवस्थामा तत्कालै अस्पताल पुर्याए पनि उनको उपचार सम्भव भएन ।
झापा धुलाबारी घर भएका ४५ वर्षीय भुजेल जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार हृदयघातको आशंका गरिएको छ । तर चिकित्सकको रिपोर्ट आएपछि मात्रै कारण भन्न सकिने उनले वताए ।