१७ भाद्र २०८२, बुधबार

आठराईत्रिबेणी गाउँपालिका २ का वडाध्यक्ष एवं एमाले जिल्ला कमिटी सदस्य माथि आक्रमण

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, भाद्र ०६, २०८२

ताप्लेजुङ – आठराईत्रिबेणी गाउँपालिका २ फूलबारीका वडाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य टेकिन्द्र सेन्दाङमाथी शनिबार साँझ आक्रमण भएको छ । सदरमुकाम फुङलिङको तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको जनाइएको छ ।
शनिबार सदरमुकाम फुङलिङ स्थित पार्टी कार्यालयमा जिल्ला कमिटीको छैटौँ बैठक थियो । त्यही बैठकमा सहभागी भएर फर्कने क्रममा आक्रमण भएको नेकपा एमाले ताप्लेजुङले जनाएको छ । सेन्दाङ मोटरसाइकलमा सवार थिए । मोटरसाइकल रोकेर आक्रमण गरेको एमाले नेताले बताएका छन् । तोक्मेडाँडा प्रहरी विट नजिकै आक्रमण भएको उल्लेख छ ।
प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले आक्रमण गर्नेको पहिचान भएको र खोजी कार्य सुरु गरिएको जनाएका छन् । तर उनीहरूको नामभने खुलाइएको छैन । सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचार पछि थप उपचारकालागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ ।
अस्पताल स्रोतका अनुसार टाउको, घाँटी लगायत शरीरका बिभिन्न ठाउँमा चोट देखिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!