१७ भाद्र २०८२, बुधबार

बालकक्षा स्तरोन्नतीकालागि सगरमाथा आरोही दम्पतीद्वारा आर्थिक सहयोग 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, भाद्र ०५, २०८२

ताप्लेजुङ – बालकक्षा स्तरोन्नतिका लागी फुङलिङ नगरपालिका १ को महेन्द्र आधारभुत विद्यालयलाई सगरमाथा आरोही दम्पतीले तीन लाख रुपैयाँ सहयोग गरेका छन् । सन् १९९० मा पहिलो विवाहित जोडी बनेर सगरमाथाको सफल आरोहण गर्दै गिनिज बुकमा नाम लेखाएका स्लोभेनियाका नागरिक आन्द्रे र मारिया स्ट्राम्फेलले आर्थिक सहयोग गरेका हुन् ।

यसको समन्वय गरेका पर्यटन व्यवसायी मणि खतिवडाका अनुसार उनीहरूले यसअघि पनि विद्यालयलाई सहयोग गर्दै आएका छन् । यो रकमबाट बालबालिकाका लागि आवश्यक पूर्वाधार, खेल सामग्री व्यवस्थापन गरिने छ । सगरमाथाको आरोहण देखि कञ्चनजङ्घा क्षेत्रको पटक पटक भ्रमण गरेका यी दम्पतीले शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गरेको खतिवडाले बताए । पूर्वको ताप्लेजुङदेखि पश्चिम हुम्लाको हिल्सासम्मको ग्रेट हिमालयन ट्रेल यात्राको अनुभव समेटिएको पुस्तक प्रकाशित गरेको छ ।

पुस्तक बिक्रीबाट सङ्कलित रकम समेत उनले यहाँका विद्यालयमा लगानी गरेको जनाइएको छ । खतिवडाको समन्वयमा यसअघि पाथीभरा याङवरकनाखोल्याङको सुन्दरमाला आधारभुत विद्यालयको भवन निर्माण, बरडाँडा आधारभुत विद्यालयको भवन निर्माण तथा कक्षाकोठा स्तरोन्नतीलगायतका शैक्षिक सुधारका काम भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!