१७ भाद्र २०८२, बुधबार

सलहेसले जित्यो तेश्रो ताप्लेजुङ गोल्डकपको उपाधि

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, साउन ३१, २०८२
वसन्त लिम्बू

ताप्लेजुङ – गतवर्षको उपविजेता सलहेस युवा क्लब सिरहाले तेश्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

दोश्रो हाफको ७९ औं मिनेटमा सलहेसका सुनिल खड्काले पहिलो गोलको खाता खोलेका थिए । उदयपुर गाइघाटका खेलाडी सुनिलले डि बक्स बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका हुन् । सलहेसको तर्फबाट ९१ औं मिनेटमा युसुफ मल्लिकले दोश्रो गोल गरे र आफ्नो टिमको जित सुनिश्चित गर्न । उनले हेड मार्फत गोल गर्न सफल भएका हुन् ।

विदेशी खेलाडी युसुफले यो प्रतियोगिता भरीमा व्यक्तिगत पाँच गोल गरेका छन् । सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनु परेको छ । सलहेस गतवर्ष मोरङसँग १–० ले पराजित भएको थियो । यस वर्ष चारजना विदेशी खेलाडी सहित सहभागी भएको यो मोफसलको टिम हो । प्रतियोगिताको क्रममा सलहेसका फागुराम थारूचर्चब्वाइजका चन्दन दाशले रेडकार्ड पाएर खेलबाट एकसाथ बाहिरिएका थिए ।

प्रतियोगिताका दौरान रेफ्री श्याम दनुवारले सातौँ पटक पहेंलो कार्ड देखाएका थिए । लाखे जात्राको अवसरमा साउन २४ गते जनै पूर्णिमा रक्षा बन्धनदेखि सुरु भएको प्रतियोगितामा भारतको एक सहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!