१७ भाद्र २०८२, बुधबार

हेवा खोला बेलिब्रिजको भार परीक्षण ः ३६ टनका गाडी राखेर वारपार गराइयो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, साउन ३१, २०८२

पाँचथरको हेवा खोलामा जडान गरिएको बेलिब्रिजको भार परीक्षण गरिएको छ । बुधबार गरिएको भार परीक्षण सफल भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार २५ टन क्षमताको भनिएको उक्त पुलको मध्य भागमा ३६ टनका गाडी राखेर वारपार गराइएको थियो ।

सवारी साधनका लागि खुला गर्न केही प्राविधिक पाटो बाँकी रहेपनि सर्वसाधारणलाई भने बुधबारबाटै वारपार गराउन थालिएको उहाँले जानकारी दिनुभयो ।

पुलको लम्बाई ७० मिटर छ। जसलाई नेपालमा हालसम्म जडान भएकोमध्ये सबैभन्दा लामो भनिएको छ।

बेलिब्रिजको क्षमता २५ टन हो। फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने उक्त पुल भारत सरकारको सहयोगमा निर्माण भएको हो।  पुल निर्माणमा २१ जना भारतीय प्राविधिकसहित मजदुर तथा सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर खटिएका छन्।

यसअघि २०८० असार २ गतेको बाढीले यहाँको पक्की पुल बगाएको थियो। त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो। २०८२ जेठ ३१ गते भने जडान भइरहेको बेलिब्रिज भाँचिदा तीन जना मजदुरको ज्यान गएको थियो।

बेलिब्रिज निर्माण दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाख रुपियाँमा ठेक्का लिएर गरेको हो। पुलका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

पुुल सञ्चालनमा आएपछि पाँचथरका तीन स्थानीय तह र सिंगो ताप्लेजुङको यातायात सहज हुनेछ। हाल अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनमा भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!