१९ भाद्र २०८२, शुक्रबार

आयोजकप्रति सन्तुष्ट ताप्लेजुङ गोल्डकपका फाइनालिष्ट

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन ३०, २०८२

ताप्लेजुङ गोल्डकपको फाइनलमा पुगेका दुई टिमले आफूहरू आयोजक प्रति सन्तुष्ट रहेको प्रतिकृया दिएका छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टिमका कोच र कप्तानले यस्तो सुविधा विरलै पाइने प्रतिकृया दिएका हुन् ।

‘एउटा मात्रै गुनासो खेलको समयमा पानी नपरिदिए हुनेथियो,’ सलहेसका टिम कोच राजेश कुमार यादवले हाँसो ठट्टा गर्दै भने, ’उहाँहरूको वशमा भएको भए त्योपनि रोक्नु हुन्थ्यो होला ।’ यत्तिको सुविधा अन्यत्र बिरलै हुनेपनि उनले सुनाए ।

चर्चब्वाइज ललितपुरका कोच आफू र आफ्ना खेलाडी व्यवस्थापन प्रति सन्तुष्ट रहेको बताए । ‘यस वर्ष मैदानपनि राम्रो रहेछ हरियाली पनि भएछ,’ उनले थपे, ‘मैले धेरै वर्ष अघि यही मैदानमा कठिनले खेलेको थिए अहिलेको मैदान देख्ता दङ्ग परेँ ।’

बस्ने होटलदेखि खेल सम्ममा आफ्नो कुनै गुनासो नरहेको उनले बताए । सलहेसका कप्तान रेम्बो चौधरी र चर्चब्वाइजका राजिवकुमार शाहले पनि आफूहरूको कुनै गुनासो नरहेको प्रतिकृया दिए । खेलाडीले पाउने पारिश्रमिक गतवर्षको तुनामा वृद्धि गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!