१७ भाद्र २०८२, बुधबार

एमाले कोशी प्रदेश बैठक ः आत्मालोचना गरे साम्सोहाङको कारबाही फुकुवा, पोमुलाई आठ महिना निलम्बन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन २९, २०८२

ताप्लेजुङ – नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङलाई आत्मालोचना सहित कारबाही फुकुवाको निर्णय गरेको छ । मणि शङ्कर पोमुको हकमा भने आठ महिनासम्म निलम्बन गर्ने र त्यसपछि आत्मालोचना पत्र पठाए कारबाही फुकुवा हुने निर्णय गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले प्रदेश कमिटीले यस्तो निर्णय गरेको बताए । आत्मालोचनाको विषय भनें पार्टीको विधि, विधान र पद्धति अनुसारको हुने उनले जनाएका छन् । ‘उहाहरुको छानविनकालागि तीन सदस्यीय समिति बनाएका थियौं, उहाँहरूले प्रतिवेदन बुझाउनु भयो,’ खतिवडाले भने, ‘प्रतिवेदनको आधारमा बलबहादुर जिलाइ आत्मालोचना पत्र पठाएपछि कारवाही फुकुवा गर्ने र मणि जिको हकमा घटना भएको मितिदेखि लागू हुनेगरि आठ महिना निलम्बन हुने र त्यसपछि आइन्दा यसो गर्दिन भनेर आत्मालोचना सहितको पत्र पठाए र पार्टी काममा फर्किए कारवाही फुकुवा गर्ने निर्णय भएको छ ।’

गत बैशाखमा राष्ट्रिय युवा सङ्घ ताप्लेजुङको दशौं जिल्ला अधिवेशनको क्रममा विवाद भएको थियो । जिल्ला कमिटीले प्रदेश कमिटीमा कारवाहीका लागि पत्राचार गरेपछि प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा समिति गठन गरिएको थियो । साम्सोहाङ प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य र पोमु प्रदेश कमिटी पर्यटन विभाग सचिवको जिम्मेवारीमा रहेकाले प्रदेश कमिटीले कारवाही गरेको जनाएको छ . 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!