

ताप्लेजुङ – गोल्डकपको पहिलो सेमिफाइनल खेलमा अतिथिको रुपमा उपस्थित २६ जना महिलाले पाँच सय रुपैयाँका दरले सङ्कलन गरेर उपविजेतालाई १३ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । विजेता टोली पहिलो वा दोश्रो पुरस्कारको हकदार हुने र उपविजेताले रित्तो हात फर्कनुपर्ने भएकाले अवलोकनका लागि पुगेका महिलाहरूले यस्तो निर्णय गरेका हुन् ।
यसको यसको प्रस्ताव र संयोजन पाथीभरा क्याम्पस सञ्चालन समितिका अध्यक्ष एवं काँग्रेस नेतृ शिला इजमले गरेकी थिइन । आयोजकले बुधवारको अतिथिको रुपमा महिला मात्रैलाई बोलाएको थियो । यो अघिल्लो संस्करणको निरन्तरता हो । यसमा राजनीतिक दल, कर्मचारी प्रशासन, बैंक, पत्रकार, सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध महिलाको उपस्थिति थियो ।
इच्छुक अतिथिसँग मात्रै सङ्कलन गरेको इजमले बताइन । इच्छा नभएकालाई भने कर नगरिएको उनको दावी छ । खेल सुरु हुनुअघिनै गरिएको निर्णय अनुसार महिलाबाट सङ्कलित रकम द योङ ब्रदर्स क्लब इटहरीले उक्त रकम प्राप्त गरेको छ । इटहरी चर्च ब्वाइज काठमाण्डौंसँग ट्राइब्रेकरबाट पराजित भएको थियो ।