

ताप्लेजुङ – पहिलो पटक मोटरसाइकल दिन लागिएको ताप्लेजुङ गोल्डकपको सर्वोत्कृष्ट खेलाडी छनौटमा विदेशी खेलाडीभने नपर्ने भएका छन् । आयोजकले बनाएको समितिलाई नेपाली खेलाडी छान्नेगरीको मापदण्ड दिइएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
उनका अनुसार नेपालका खेलाडीको मनोबल बढाउने उद्देश्यले दिइने र मोटरसाइकल रजिष्ट्रेशन लगायतमापनि समस्या हुने भएकाले नेपाली खेलाडी छनौट गर्न भनिएको हो । यस पटकको प्रतियोगितामा आयोजक ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, सिरहाको सलहेस र भारत दार्जिलिङको टिमबाट विदेशी खेलाडी ल्याइएको थियो । यिमध्ये आयोजक र दार्जिलिङका खेलाडी पराजित भएर फर्किसकेका छन्भने विदेशी खेलाडी भएको सलहेसले बिहीबार फाइनल प्रवेशकालागि प्रतिष्पर्धा गर्दैछ ।
सर्वोत्कृष्ट खेलाडी छनौटकालागि निवर्तमान अध्यक्ष देवराज गुरुङको संयोजकत्वमा छ सदस्यीय समिति वनाइएको लाखेजात्रा सन्चालन समितिले जनाएको छ । अध्यक्ष मादेनका अनुसार खेल संयोजक अशोक थेवे, म्याच कमिस्नर सन्तोष गुरुङ, कोशी प्रदेश फुटवल संघ सदस्य लक्ष्मी काफ्ले र पुर्व खेलाडी मनोज गुरुङ सदस्य रहेका छन् । उनीहरूले गरेको निर्णय अनुसार आयोजकले सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने छन् ।
छनौट समितिले फुटबलको नियमको परिधिमा रहेर मापदण्ड बनाउने र त्यही मापदण्डका आधारमा सिफारिस गर्ने जनाएको छ ।