१७ भाद्र २०८२, बुधबार

हेवाखोलामा मोडुलर बेलिब्रिज तयार, एक सातामा सुरु हुने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, साउन २८, २०८२

फिदिम –  मेची राजमार्गको पाँचथर सडकखण्डको हेवा खोलामा बेलिब्रिज जोडने काम सकिएको छ। मंगलबार बेलिब्रिज जडानको सबै काम सकिएको सडक डिभिजन इलामका प्रमुख इञ्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो।

पुलको लम्बाई ७० मिटर छ। जसलाई नेपालमा हालसम्म जडान भएकोमध्ये सबैभन्दा लामो भनिएको छ। जडानको काम सकिए पनि भार बहन क्षमताको परीक्षण र अन्य प्राविधिक काम बाँकी रहेको उहाँको भनाइ छ।

‘बेलिब्रिजको क्षमता २५ टन हो। फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने उक्त पुल भारत सरकारको सहयोगमा निर्माण भएको हो।  पुल निर्माणमा २१ जना भारतीय प्राविधिकसहित मजदुर तथा सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर खटिएका छन्।

बुधबार भार परीक्षण गरेर अन्य प्राविधिक काम गरेसँगै पुल सञ्चालनमा ल्याउने तयारी सडक डिभिजन इलामको छ।

यसअघि २०८० असार २ गतेको बाढीले यहाँको पक्की पुल बगाएको थियो। त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो। २०८२ जेठ ३१ गते भने जडान भइरहेको बेलिब्रिज भाँचिदा तीन जना मजदुरको ज्यान गएको थियो।

बेलिब्रिज निर्माण दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाख रुपियाँमा ठेक्का लिएर गरेको हो। पुलका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

पुुल सञ्चालनमा आएपछि पाँचथरका तीन स्थानीय तह र सिंगो ताप्लेजुङको यातायात सहज हुनेछ। हाल अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनमा भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!