१७ भाद्र २०८२, बुधबार

नागेश्वर धाममा वैदिक पुस्तकालय र कार्यालय शुभारम्भ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, साउन २७, २०८२

ताप्लेजुङ –  नागेश्वर धाममा वैदिक पुस्तकालय र नागेश्वर धाम तथा मुहान क्षेत्र संरक्षण बिकास समिति कार्यालयको शुभारम्भ भएको छ । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पुस्तकालय र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यालयको शुभारम्भ गरेका हुन् । वैदिक पुस्तकालय स्थापनाका लागि कोश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दुई लाख र फुङलिङ नगरपालिकाले एक लाख २० हजार दिएका थिए ।

oplus_0

नागेश्वर धाम तथा मुहान क्षेत्र संरक्षण एवं विकास समितिले आफ्नो संस्थाको २१ औं वार्षिक साधारणसभाको अवसरमा उद्‌घाटन कार्यक्रम गरेको हो । खर्भरै प्रारम्भ भएको पुस्तकालयमा १८ मध्येका १२ पुराण, बेध, लिम्बू धार्मिक ग्रन्थ, गुरुङ ग्रन्थ लगायतका पुस्तक राखिएको छ । संस्थाका अध्यक्ष रामचन्द्र नेपालले हालसम्म अक्षयकोषमा १२ लाख रुपैयाँ प्राप्त भएको जानकारी दिए । यसको व्याज रकमबाट कार्यालय सञ्चालनमा खर्च गरिन्छ ।

oplus_0

कार्यक्रममा अक्षयकोष दाता पदमबहादुर गुरुङ र प्रतिमा थापालाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।  यहा बोधराज गुरुङ, जमुना दाहाल, हरिमाया गुरुङले प्रदान गरेको जग्गा र धारा तथा पार्टी भएको समेतगरी दुई रोपनी जमिन रहेको छ । चालु आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट योग साधना केन्द्र लगायतका संरचना बनाउने अध्यक्ष नेपालले जानकारी दिए । प्रदेशले १० लाख विनियोजन गरेको उनको कथन छ ।

oplus_0

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!