

ताप्लेजुङका निजी विद्यालय सोमबार (आज) बिदा गरिएको छ । लाखेजात्रा पर्वको तेश्रो दिन जात्रा अवलोकनका लागि बिदा गरिएको निजी विद्यालय अर्गनाइजेसन प्याब्सनका सचिव तरुण भारतीले जानकारी दिए ।
भारतीका अनुसार रोपाइ जात्राको दिन अघिल्ला वर्षहरु कम मात्रै विद्यार्थी आएका र अभिभावकले पनि यसदिन विद्यालय पठाउने भन्दा जात्रा हेर्न पठाउन रुचाएकाले बिदा गर्ने निर्णय भएको हो । ‘हामीले गतवर्ष पनि मध्यान्ह १२ बजेनै बिदा गर्नु पर्यो, एक त विद्यार्थी नै आएनन् आएकाले पनि रोपाइ जात्रा हेर्न जाने भने,’ सचिव भारतीले भने, ‘रोपाइँका रोपाहार र बाउसे पनि निजी विद्यालयका विद्यार्थी धेरै भएकाले प्याब्सनले नै बिदा गर्ने निर्णय गरेको हो ।’
जिल्लाकै ठुलो फुटबल प्रतियोगिता भइरहेकाले चाहना हुनेले त्यो अवलोकनका लागि पनि सहज भएकाले सबै कुरालाई दृष्टिगत गरेर सामूहिक रुपमा बिदा गरिएको भारती बताउँछन् । निजी विद्यालयले पाँच हजार वढी विद्यार्थी रहेको जनाउँदै आएका छन् ।