२८ आश्विन २०८३, बिहिबार

तेस्रो ताप्लेजुङ गोल्डकप ः यी हुन उद्‌घाटन खेलको पहिलो चरणमा मैदान उत्रने खेलाडी 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, साउन २४, २०८२

ताप्लेजुङ – शनिबार देखि सुरु हुने तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लव र द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले पहिलो चरणमा मैदान उतार्ने खेलाडीको नाम तय गरेका छन् ।
आयोजक तेल्लोकको तर्फबाट कप्तानको भूमिका अनुप सेन्दाङले गर्नेछन् भने गोलकिपर सुहाङ लिम्बू रहेका छन् । सञ्जय श्रेष्ठ, जीवन गुरुङ, नवीन भुजेल, सुनुयोजित लिम्बू, रूपेश केशी, फोफोना ब्राहिम, सम्युइल ओलुसोला, मनिस सेढाइ र दिपेश लिम्बू रहेका छन् ।
यिमध्ये सञ्जय, जीवन, नवीन, रूपेश, मनिस वाहिरबाट आएका खेलाडि हुन्भने फोफोना र सम्युइल विदेसी खेलाडी हुन् ।
सुहाङ गोलकिपर, सञ्जय, जीवन, नविन, सुनुयोजित डिफेन्डर हुनभनें रूपेश, समयुइल मिडफिल्डर हुन् । फोफोना, मनिश, दिपेश फरवार्ड हुन् । अनुप कप्तान, रमेश चोङवाङ प्रशिक्षक, सुमन भट्टराई मेनेजर र दीपक पौडेल मेडिकल रहेका छन् ।
यस्तै इटहरीबाट निशान थापा मगर गोलकिपर (सातदोबाटो क्लब,ललितपुर) शिशिर चौधरी र निराजन क्षेत्री (नेपाल पुलिस क्लब) रमेश राजवंशी (सातदोबाटो युथ क्लब) युवराज थापा, निवास फुयाल (मिडफिल्ड) योगेन्द्र कार्की (मिडफिल्ड बाँसवारी क्लब) विशाल थिङ तामाङ, अमित (बाँसबारी क्लवं) प्रवेश बस्नेत (थ्रिस्टार) सञ्जय धिमाल (फरवार्ड, बाँसवारी क्लब) रहेका छन् । इटहरीबाट विमल मगर प्रशिक्षक, विज्ञान राई मेनेजर र दिपेन घिसिङ मेडिकल टिममा रहेका छन् । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066