

ताप्लेजुङ – तेश्रो ताप्लेजुङ गोल्डकपकालागि पोर्टेबल गोल पोष्ट बनाइएको छ । २४ फुट लम्बाइ र ८ फुट उचाइको पोष्ट बनाइएको हो ।
फुटबलका लागि यो ठिक साइज हो । उप्काएर जुनसुकै ठाउँमा लैजान मिल्ने भएकाले जिल्लामा हुने अन्य प्रतियोगिताकालागि पनि यो उपयुक्त हुने आयोजकले बताएका छन् ।
यसकालागि ७० हजार रुपैयाँ खर्च लागेको लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।