२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङ गोल्डकपमा प्रमुख अतिथि, विशिष्ट अतिथि नराख्ने, मर्यादाक्रम अनुसार आसन ग्रहण, मन्तव्य शून्य

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन २३, २०८२

ताप्लेजुङ – लाखेजात्रा सञ्चालन समितिले यस वर्षपनि प्रमुख अतिथि विशिष्ट अतिथि नराख्ने भएको छ । मर्यादाक्रम अनुसार आसनग्रहण गराउने भएको छ । गतवर्ष देखि मन्तव्यको कार्यक्रम पनि काटिएको छ । यस वर्षपनि त्यसैलाई निरन्तरता दिने आयोजकले बताएका छन् ।
लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले अतिथिको रुपमा बोलाउनु पर्ने जिल्लाका सांसद, मन्त्री, पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका ब्यक्तिहरू तथा सरकारी गैरसरकारी निकायलाई निमन्त्रणा गरेको र उपस्थितलाई मर्यादाक्रम अनुसार आशनग्रहण गराउने जानकारी दिए । आयोजकले अतिथिको रुपमा बोलाएकालाई प्रवेश निशुल्क हुनेपनि उनले प्रष्ट पारे ।
खेलकुदमा मन्तन्य, अतिथि नहुने र त्यो अभ्यास गत वर्ष देखिनै भएकाले यसवर्ष पनि निरन्तरता दिने नेपाली बताउँछन । आसन ग्रहणमा भने सरकारले बनाएको मर्यादाक्रम अनुसार हुने उनले प्रष्ट पारे । नेपालीका अनुसार उद्‌घाटन कार्यक्रम शनिबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
उद्‌घाटन खेल आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब र इटहरी विच हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!