

ताप्लेजुङ – साउन २४ गतेदेखि भानुजन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने तेश्रो ताप्लेजुङ गोल्डकपको मुख्य रेफ्रीको भूमिका श्याम दनुवारले गर्ने भएका छन् । ताप्लेजुङका लागि चिरपरिचित र रुचाएका उनले सहायक रेफ्रीको रुपमा सुमन घिमिरेलाई ल्याएका छन् ।
श्यामको नेतृत्वमा बाहिर जिल्लाबाट सुमन, जितबहादुर धिमाल र तुफान चेम्जोङ आउने जनाइएको छ । ताप्लेजुङबाट चारजना हुनेछन् । उनीहरूको नाम जिल्ला फुटबल सङ्घ ताप्लेजुङलाई मागिएको र शुक्रवार बेलुकासम्म प्राप्त हुने लाखेजात्रा सञ्चालक समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिए ।