१९ भाद्र २०८२, शुक्रबार

बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदा विरुद्ध ताप्लेजुङका महिला दिनहुँ प्रशासनमा 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन २२, २०८२

ताप्लेजुङ – बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदा विरुद्ध ताप्लेजुङका महिलाहरू दिनहुँजसो प्रशासन कार्यालय पुग्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई खबरदारी गर्न उनीहरू प्रशासन कार्यालय पुगेका हुन् ।

बिहीबार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमा आवद्ध महिला सङ्घका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । यसअघि सत्तारुढ दल नेपाली काँग्रेस सम्वद्ध महिला सङ्घ र एमाले सम्बद्ध अखिल नेपाल महिला सङ्गठनले ज्ञापन पत्र बुझाएका थिए । शब्द लेखनमा पृथक भएपनि प्रशासन कार्यालय पुगेका सबै महिलाको मुख्य माग बहुविवाह सम्बन्धी मस्यौदालाई कार्यान्वयनमा ल्याउनु नहुने र जवरजस्त गरे आफूहरू आन्दोलित हुने चेतावनी युक्त रहेको छ ।

उनीहरूले बहुविवाहलाई कानुनी बैद्यतादिने प्रस्तावित कानून गैर जिम्मेवारी पूर्णं, प्रतिगामी र आपत्तिजनक रहेको उल्लेख छ । यसले सामाजिक अपराधलाई प्रोत्साहन गर्ने दावी गरिएको छ । यसरी ज्ञापन पत्र बोकेर प्रशासन कार्यालय आउनेमा स्थानीय तहका जनप्रतिनिधि देखि राजनीतिक दलका अगुवा र सर्वसाधारण महिला रहेको प्रशासन कार्यालयले जनाएको छ । उनीहरूले आफ्नो पार्टी, सङ्गठनको तर्फबाट छुट्टाछुट्टै र सामूहिक रुपमापनि खबरदारी गरिरहेका छौं ।

प्रशासन कार्यालयका एक अधिकारीले भने जबरजस्ती गरे सामुहिक रुपमा प्रतिवाद गर्न तयार छौं भन्ने सन्देश दिनलाई होला पहिला छुट्टाछुट्टै र फेरी सामुहिक रुपमापनि आइरहनु भएको छ । फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ, आठराईत्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ ज्ञापन पत्र लिएर प्रशासन कार्यालय पुगेका थिए । जिल्लामा क्रियाशील कुनैपनि राजनीतिक दल ज्ञापनपत्र बुझाउनबाट बञ्चित नरहेको प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!