२१ भाद्र २०८२, आइतबार

राष्ट्रिय, विदेशी र स्थानीय खेलाडी सम्मिलित टिमको कप्तान अनुप, किन पाए दोश्रो पटक कप्तानी ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, साउन २१, २०८२

ताप्लेजुङ –  साउन २४ गतेदेखि सदरमुकाम फुङलिङ स्थित भानुजन माविको मैदानमा हुने तेश्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको तर्फबाट खेल्ने टिमको कप्तानी अनुप सेन्दाङले गर्ने भएका छन् । तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले अनुपको नेतृत्वमा खेलाउने निर्णय भएको बताएका हुन् । गतवर्षको दोश्रो संस्करणको नेतृत्वपनि उनैले गरेका थिए ।

दोश्रो संस्करणमा आयोजकको तर्फबाट सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी सहभागी भएको थियोभने यसवर्ष तेल्लोक स्पोर्टिङ क्लब सहभागी हुदैछ । अनुपलाई सबैजसो खेलाडीले मान्ने र उनको कुशल नेतृत्व रहेकाले उनैलाई जिम्मेवारी दिइएको अर्जुनले बताए । गतवर्षको प्रतियोगितामा पनि उनले राम्रो भूमिका निर्वाह गरेको तेल्लोक स्पोर्टिङ क्लबको बुझाई छ । गतवर्ष आयोजक सङ्घर्ष सेमिफाइनलमा पुगेर पराजित भएको थियो । उद्‌घाटन खेलभने ताप्लेजुङकै खेलाडीमात्रै खेलाएको थियो ।

यसवर्ष उद्‌घाटन देखिनै विदेशी र ए डिभिजन खेलेका खेलाडी भित्र्याइदैछ । अर्जुनका अनुसार आयोजकको तर्फबाट खेल्न राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका योगेश गुरुङ, जीवन गुरुङ, सञ्जय श्रेष्ठ र रूपेश केसीलाई अनुवन्ध गरिएको छभने ए डिभिजन खेलिसकेका दुई विदेशी खेलाडी फोफोनास्यामुइल पनि अनुबन्धित भइसकेका छन् । चार स्वदेशी र दुई बिदेसीगरी छ जना खेलाडी भित्र्याएको तेल्लोकले पाँचजना ताप्लेजुङका खेलाडीलाई समेट्ने भएको छ ।

पहिलो उद्‌घाटन खेल इटहरीसँग परेपछि आयोजकको तर्फबाट खेल्न लागेको तेल्लोक दबाबमा परेको हो । ‘जो सँग भएपनि खेल्ने पर्छ,’ अर्जुनले भने, ‘इटहरी राम्रो टिम छ त्यसैले हामीलेपनि राम्रो तयारी गरेका छौं ।’ धेरै दर्शक, उत्कृष्ट खेल र प्रतिस्पर्धात्मक हुनुपर्ने भएकाले बाहिरका खेलाडी ल्याउनु परेको अर्जुन बताउँछन‘हाम्रो जिल्लाबाट खेल्ने खेलाडीहरू नराम्रो हुनुहुन्न एकसे एकनै हुनुहुन्छ, बाहिरको राम्रो मैदानमा खेलेर आएकाहरूको स्किल आदी कारणसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले पनि बाहिरबाट केही खेलाडी ल्याउन बाध्य भयौं’ अर्जुनले भने ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!