२८ आश्विन २०८३, बिहिबार

राष्ट्रिय, विदेशी र स्थानीय खेलाडी सम्मिलित टिमको कप्तान अनुप, किन पाए दोश्रो पटक कप्तानी ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, साउन २१, २०८२

ताप्लेजुङ –  साउन २४ गतेदेखि सदरमुकाम फुङलिङ स्थित भानुजन माविको मैदानमा हुने तेश्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको तर्फबाट खेल्ने टिमको कप्तानी अनुप सेन्दाङले गर्ने भएका छन् । तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले अनुपको नेतृत्वमा खेलाउने निर्णय भएको बताएका हुन् । गतवर्षको दोश्रो संस्करणको नेतृत्वपनि उनैले गरेका थिए ।

दोश्रो संस्करणमा आयोजकको तर्फबाट सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी सहभागी भएको थियोभने यसवर्ष तेल्लोक स्पोर्टिङ क्लब सहभागी हुदैछ । अनुपलाई सबैजसो खेलाडीले मान्ने र उनको कुशल नेतृत्व रहेकाले उनैलाई जिम्मेवारी दिइएको अर्जुनले बताए । गतवर्षको प्रतियोगितामा पनि उनले राम्रो भूमिका निर्वाह गरेको तेल्लोक स्पोर्टिङ क्लबको बुझाई छ । गतवर्ष आयोजक सङ्घर्ष सेमिफाइनलमा पुगेर पराजित भएको थियो । उद्‌घाटन खेलभने ताप्लेजुङकै खेलाडीमात्रै खेलाएको थियो ।

यसवर्ष उद्‌घाटन देखिनै विदेशी र ए डिभिजन खेलेका खेलाडी भित्र्याइदैछ । अर्जुनका अनुसार आयोजकको तर्फबाट खेल्न राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका योगेश गुरुङ, जीवन गुरुङ, सञ्जय श्रेष्ठ र रूपेश केसीलाई अनुवन्ध गरिएको छभने ए डिभिजन खेलिसकेका दुई विदेशी खेलाडी फोफोना र स्यामुइल पनि अनुबन्धित भइसकेका छन् । चार स्वदेशी र दुई बिदेसीगरी छ जना खेलाडी भित्र्याएको तेल्लोकले पाँचजना ताप्लेजुङका खेलाडीलाई समेट्ने भएको छ ।

पहिलो उद्‌घाटन खेल इटहरीसँग परेपछि आयोजकको तर्फबाट खेल्न लागेको तेल्लोक दबाबमा परेको हो । ‘जो सँग भएपनि खेल्ने पर्छ,’ अर्जुनले भने, ‘इटहरी राम्रो टिम छ त्यसैले हामीलेपनि राम्रो तयारी गरेका छौं ।’ धेरै दर्शक, उत्कृष्ट खेल र प्रतिस्पर्धात्मक हुनुपर्ने भएकाले बाहिरका खेलाडी ल्याउनु परेको अर्जुन बताउँछन । ‘हाम्रो जिल्लाबाट खेल्ने खेलाडीहरू नराम्रो हुनुहुन्न एकसे एकनै हुनुहुन्छ, बाहिरको राम्रो मैदानमा खेलेर आएकाहरूको स्किल आदी कारणसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले पनि बाहिरबाट केही खेलाडी ल्याउन बाध्य भयौं’ अर्जुनले भने ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066