

ताप्लेजुङ – नेकपा एस प्रदेश कमिटीले शम्भु गौतमलाई जिल्ला इन्चार्ज निर्णय गरेको छ । यस अघि केन्द्रीय सदस्य लाई केन्द्रले जिल्ला इन्चार्ज तोक्ने प्रावधान रहेको थियो । अव कोशी प्रदेश कमिटीले पनि प्रदेशबाट प्रतिनिधित्व हुनेगरि हरेक जिल्लामा इन्चार्ज तोकेको र ताप्लेजुङमा गौतमलाई तोकेको प्रदेश कमिटी उपसचिव छिरिङ लामाले जानकारी दिए ।
‘केन्द्रीय अध्यक्ष माधव कुमार नेपालकै उपस्थितिमा भएको प्रदेश कमिटीको बैठकले निर्णय गरेको छ,’ लामाले भने, ‘ आधिकारिक सर्कुलर बुधबार सम्ममा आउँछ ।’ जिल्लामा अव दुईजना इन्चार्ज हुने भएका छन् । खेम वनेम केन्द्रले तोकेका इन्चार्ज हुन् । मर्यादाक्रममा वनेम पहिला र गौतम दोश्रो स्थानमा हुनेछन् । सङ्घीयतामा पालिका जिल्ला, जिल्ला प्रदेश र प्रदेश केन्द्रप्रति उत्तरदायी हुने र हुनुपर्ने प्रावधानको विकासकालागि कोशी प्रदेश कमिटीले यस्तो निर्णय गरेको लामाले बताए ।
जिल्ला कमिटीको इन्चार्ज प्रदेश कमिटीको सचिवालय सदस्य हुने प्रावधान रहेको पार्टी कमिटीले जनाएको छ ।