१९ भाद्र २०८२, शुक्रबार

फक्ताङलुङ गाउँपालिका अध्यक्ष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष बिच प्रशासन कार्यालयमा नोक झोक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, साउन २०, २०८२

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्ति र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्वु बिच जिल्ला प्रशासन कार्यालयमा नोकझोक चलेको छ । राजन गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखिनै राम्रो सम्बन्ध नभएका दुई अध्यक्षको विवाद प्रशासन कार्यालयको हलमा औंला ठड्याइ ठड्याइ वाद प्रतिवाद भएको हो ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सोमबार विपत् व्यवस्थापन समितिको जिल्ला स्तरीय बैठक बोलाएका थिए । दुई अध्यक्ष बिचको विवाद फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र ६ लेलेप जोड्ने रानी पुल बगाएपछि वैकल्पिक मार्गका विषयमा भएको हो । बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विपत व्यवस्थापन समितिका सदस्यको उपस्थिति रहेको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सडक निर्माण गर्नुपर्ने भएकाले बैठकमा परिषद अध्यक्ष फेम्वुलाईपनि बोलाइएको थियो ।
परिषद अध्यक्ष फेम्वुले जनताको दुख मैले बुझेको छु भनेपछि गाउँपालिका अध्यक्ष लिम्बूले आफूले जनताको घरमै गएर पीडा बुझेको र घरघरमा पुगेर दिनरात बसेको प्रतिकृया दिए । वैकल्पिक मार्गको विषयमा फेम्बुले संरक्षण क्षेत्रमा कानुनी प्रकृया पुरा गर्नुपर्ने बताए । सहभागीका अनुसार पालिका अध्यक्षले परिषद अध्यक्षलाई वैकल्पिक मार्ग निर्माण सहमतीकालागि पटक पटक अनुरोध गरे । हस्ताक्षर गराइरहेकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बैठकको निर्णय पुस्तिका ल्याएपछि परिषद अध्यक्षले हस्ताक्षर गर्न मानेनन् । गाउँपालिका अध्यक्षले नगरे नगर्नुस्, तपाईँको साइन गर्नुहोस् भन्दा के हो त ? भनेपछि दुई अध्यक्षबीच मुख हेराहेर गरेर भनाभन भयो ।
गाउँपालिका अध्यक्षले रोड खन्ने अधिकार हो ? तपाई सरकार हो ? भनेर लगातार प्रश्न गरेपछि दुई अध्यक्ष बिच औंला ठड्याउँदै वादप्रतिवाद भयो । त्यसपछि परिषद अध्यक्ष फेम्वु प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ल सीडीयो शाव ल म बसिन भन्दै उठे र तपाइहरुले मलाई जबरजस्ती गर्न खोजेको ? भनेर प्रश्न गरे . यतिबेला हस्ताक्षर गराउँदै गरेकी सहायक प्रजिअले फेम्वुलाई बस्न अनुरोध गरिन । फेम्वु औंला ठड्याउँदै भोलि जनताको बसेर छलफल गरौं भने । गाउँपालिका अध्यक्षले तपाई जनताको आउनुहोस् भन्दा आउनु भएको छ भनेर प्रश्न गरे । परिषद अध्यक्ष ढोकाबाट निस्किएर हिँडेपछि बैठकपनि समापन भएको सहभागी बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!