१९ भाद्र २०८२, शुक्रबार

फुङलिङ ८ का वडाध्यक्ष क्षितिज सुनुवारका हजुरबुवाको निधन

नेपाली काँग्रेस ताप्लेजुङका सहसचिव जङ्ग मुखियालाई पितृशोक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, साउन १८, २०८२

ताप्लेजुङ – नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङका सह-सचिव जङ्ग मुखिया सुनुवारलाई पितृ शोक परेको छ । जङ्गका बुवा ८५ वर्षीय कर्णबहादुर सुनुवारको आइतबार बिहान आफ्नै निवासमा निधन भएको छ।

कर्णबहादुर फुङलिङ नगरपालिका ८ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारका हजुरबुवा (वाजे) हुन् । ‘गर्मी हुन्छ भनेर शनिवार बेलुका घरको बाहिर सुत्नुभएको थियो, आइतबार बिहान उठेर पूजापाठ गरेर टिका समेत लगाएर बस्नुभएको रहेछ, एकैछिनमा बोल्न छोड्नुभयो र के भयो भनेर हेर्दा परलोक भइसक्नु भएछ’ नाति क्षितिज सुनुवारले भने ।

केही दिनअघि सामान्य बिरामी भएपछि नाति क्षितिजले स्वास्थ्यकर्मीलाई घरमै लगेर स्वास्थ्योपचार गराएका थिए । बुवाको स्वास्थ्यमा कुनै समस्या नहुँदा छोरा जङ्गपनि झापामा रहेका थिए । कर्णबहादुरको अन्येष्टि सोमबार कावेली नदीमा गर्ने परिवारले जनाएका छन् । कर्णका दुई छोरा ठाकुर र जङ्ग तथा चार छोरी रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!