१९ भाद्र २०८२, शुक्रबार

प्रसूति जटिलताका कारण पाँचथरकी मुनालाई हेलिकोप्टरमार्फत थापाथली पुर्‍याइयो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, साउन १८, २०८२

पाँचथर  ।   प्रसूति जटिलताका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाँचथरकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया मुना कुरुम्वाङलाई उच्च रक्तचाप, शरीर सुनिने (प्रि-एक्लेम्प्सिया) र कम्पन हुने समस्याले थलिएपछि शनिबार अपराह्न हेलिकोप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) पुर्‍याइएको हो।

“ हाम्राे निरन्तर प्रयास र  जिल्ला प्रशासन कार्यालयको सिफारिसबाट राष्ट्रपति महिला हवाइ उत्थान कार्यक्रममार्फत सेनाको हेलिकोप्टर मगाइएको हो,” अध्यक्ष खड्काले भने, “म काम विशेषले काठमाडौंमै थिएँ, त्यसैले म पनि सोही हेलिकोप्टरमार्फत हाङगुम झरेको थिएँ।” मुनालाई उद्धारपछि थापाथली अस्पतालमा भर्ना गरिइएको र चिकित्सकीय निगरानीमा राखिएको बताइएको छ।

यसअघि पनि तुम्बेवा गाउँपालिकाका विभिन्न टाढाका बस्तीबाट सुत्केरी जटिलतामा परेका महिलाहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!