१९ भाद्र २०८२, शुक्रबार

हेवा खोलामा प्राविधिक र सामाग्री ल्याएर मोडुलर ब्रिज पुनः जडान जडान थालियो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, साउन १८, २०८२

पाँचथर ।  मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा शनिवार बिहान देखि मोडुलर ब्रिज जडान गर्ने काम सुरु भएको छ । भारतबाट लङचिङ किड्स तथा प्राविधिक ल्याएर जडान सुरु गरिएको हो ।

जेठ–३१ गते जडानको अन्तिम चरणमा पुगेर भाँचिएको थियो । ब्रिज भाँचिदा तिन जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।

भाँचिएर बिग्रिएका २० प्रतिशत सामाग्री पनि ल्याइएको छ । ७० मिटर लामो मोडुलर ब्रिज जडान पुनः जडान गर्न थालिएको हाे । भारत सरकारले निःशुल्क ब्रिज उपलब्ध गराएपछि जडानको अन्तिम चरणमा भाँचिएको थियो । भारतीय इन्जिनियर ल्याएर जडान गरिएको थियो । तर यसपल्ट सबै जडान गर्ने प्राविधिक भारतीय छन् । मोडुलर ब्रिज जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको थियो ।

२०८० साल असार–२ गते हेवा खोलाको पुल बाढीले बगाएपछि राखिएको बेलिब्रिज पनि २०८१ साल असोजमा बगाएको थियो । अहिले गाडी चलाउन अस्थायी डाईसर्वसनको भर पर्नु परेको छ । यो डाईसर्बन पनि बाढीले बेला बेला बिगार्दा मेची राजमार्ग अवरुद्ध हुने गरेको छ । यो राजमार्गले पाँचथरका तीन पालिका र ताप्लेजुङ सडक सम्बन्धले जोड्छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!