१७ भाद्र २०८२, बुधबार

ताप्लेजुङ गोल्डकपको उद्घाटनमा सिक्किमको सिङ्घी डान्स, १० कलाकार आँउदै

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, साउन १७, २०८२

ताप्लेजुङ – साउन २४ गते भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा हुने तेश्रो ताप्लेजुङ गोल्डकप उद्‌घाटन समारोहमा भारत सिक्किममा प्रख्यात सिङ्घी डान्स प्रस्तुत गरिने भएको छ । आयोजक लाखे जात्रा सञ्चालक समितिले १० जनाको नृत्य टोलीलाई आमन्त्रण गरिसकेको छ ।  

सिक्किमको नृत्य समूहले देखाउने यो नृत्यलाई हिम सिंहको नृत्यको रूपमा पनि चिनिन्छ । सिक्किमको सांस्कृतिक प्रतीकको रुपमा हिम सिंहलाई चित्रित गर्दै मास्कधारीले नृत्य प्रस्तुत गछर्न । मैदानबाट सुरुहुने यो नृत्य मञ्चमा रहेका दर्शक दीर्घा सम्मपनि पुगेको छ ।

मानिसहरूले फरियाली कपडामा सजिएर हिम सिंहको सांस्कृतिक प्रतीक नृत्यको रूपमा प्रस्तुत गर्दछन् । सिक्किमका हरेक मेला महोत्सवमा यो नृत्य देखाइने गरेको छ । यस्तो नृत्य पहिलो पटक ताप्लेजुङ ल्याउन लागिएको हो । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!