१९ भाद्र २०८२, शुक्रबार

अपर तमोरमा तोडफोड, अभियुक्त खोज्दै प्रहरी, सङ्घर्ष समितिले भन्यो ः हाम्रो संलग्नता छैन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन १६, २०८२

ताप्लेजुङ – अपर तमोर जलविद्युत आयोजनाको चाइनिज कामदार राख्न बनाइएको ब्यारेकमा शुक्रवार बिहान तोडफोड भएको छ । आयोजनाका अनुसार १३ वटा झ्याल, ६ वटा ढोका, १ थान हलोजेन बत्ती लगायतका संरचनामा तोडफोड भएको हो ।

तमोर इनर्जी आयोजनाका संयोजक सम्झना थापा क्षेत्रीले अपर तमोर जलविद्युत आयोजना विरुद्ध सङ्घर्ष गर्दै आएको समुहले तोडफोड गरेको दावी गरिन् । संयोजक वीरबल लिङ्खिम स्वयंपनि रहेको उनको दावी छ । उनीहरूले गरेको क्षतिको पूर्ण विवरण शुक्रवार बेलुकासम्ममा तयार हुने सम्झनाले बताइन ।

‘अपर तमोर सङ्घर्ष समिति’ का संयोजक वीरबल लिङ्खिमलेभनें आफूहरूले कुनैपनि तोडफोड नगरेको र शान्तीपूर्ण आफ्ना मागहरू उठाइरहेको दावी गरे । ‘मैले नेतृत्व गरेको आन्दोलन शान्तिपूर्ण छ,’ उनले टेलिफोनमा भने, ‘आज तोडफोड भयो भन्दा मनै अचम्ममा परेको छु । हामीलाई नै दोष लगाउँदा झन अचम्म भएको छु । कतैबाट आन्दोलन दबाउन घुसपैठ भएको होे की भन्ने आशङ्का भएको छ ।’  यहा सङ्घर्ष समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ । लिम्बू समुदायको मुन्धुम स्थलमा हाइड्रोपावर नबनाउन सङ्घर्ष समितिनै बनाएर स्थानीय आन्दोलित भएका छन् ।

प्रहरीले भनेँ १०/१२ जनाको सङ्ख्यामा मानिसहरू आई कामदार बस्ने ब्यारेकमा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिवाबाट टोली खटाइएको जनाएको छ । ‘सिवा चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा घटनास्थलमा पुगेर बुझ्दा तोडफोड भएको पाइयो,’ प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले भने, ‘तोडफोड गर्ने मानिसहरू फरार भएकाले उनीहरूको खोजतलासलाई तिव्रता दिएका छौँ ।’ थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको नेतृत्वमा थप टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । तोडफोड गर्नेलाई कुनैपनि हालतमा अनुसन्धानको दायरामा ल्याउने उनको दावी छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!