१९ भाद्र २०८२, शुक्रबार

सलिना वनिन् दलित महिवाट पहिलो कार्यवाहक अध्यक्ष

बराइलीले पाइन मिक्वाखोला ४ कार्यवाहक वडाध्यक्षको जिम्मेवारी, उप निर्वाचन नभए बाँकी अवधि उनकै नेतृत्व 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन १६, २०८२

ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका ४ साँवाका वडाध्यक्ष सदन कुमार साँवाको गत असार १४ गते मृत्यु भएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सलिना बराइलीले पाएकी छन् । वडाका सबै सदस्यले सर्वसम्मत निर्णय गरेर पठाएको र गाउँपालिकाले पनि अनुमोदन गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउँछन् ।

उप निर्वाचन नभए २०८४ सम्मको बाँकी अवधि उनकै नेतृत्वमा वडा सञ्चालन हुनेछ । छोटो समय मात्रै रहेको, वडामा कार्यवाहकका विषयमा सदस्यहरू बिचपनि विवाद नभएको र राज्यको धेरै खर्च हुनेभएकाले आफू उपनिर्वाचनको पक्षमा नरहेको कार्की बताउँछन् । सलिना दलित महिलाको कोटाबाट नेपाली काङ्ग्रेसवाट निर्वाचित भएकी थिइन । मृतक सदनकुमार पनि काङ्ग्रेसबाटै निर्बाचित भएका थिए ।

यो वडामा फुपु तेन्जी शेर्पा, सूर्य प्रसाद साँवा र मन कुमारी भुजेल वडा सदस्य रहेका छन् । ६१ वटा वडा रहेको जिल्लाको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाउने उनी पहिलो दलित महिलापनि बनेकी छन् । अहिलेसम्म सिरिजङ्गा गाउँपालिका ३ सिकैचा बाहेक अरु वडाध्यक्षहरू सबै पुरुष रहेका छन् ।

सिकैचाकी वडाध्यक्ष कुमारी सावदेनपनि उप निर्वाचनबाट निर्वाचित भएकी हुन् । कार्यवाहक सलिना समेतगरी महिला वडाध्यक्ष दुई र दलित महिला वडाध्यक्ष एक जना भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!