२१ भाद्र २०८२, आइतबार

काँग्रेस सचिव निरौलालाई पितृ शोक, ‘हवल्दार वा’ को निधन  

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन १५, २०८२

ताप्लेजुङ – नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङका सचिव गणेश बाबु निरौलालाई पितृ शोक परेको छ । ‘हवल्दार वा’ का नामले प्रख्यात गणेशका पिता टेकराज निरौलाको ८३ वर्षको उमेरमा सदरमुकाम फुङलिङ स्थित आफ्नै निजी निवासमा साउन १५ गते निधन भएको हो ।

१९९९ साल भदौ २५ गते जन्म भएका निरौलाले लामो समयसम्म नेपाल प्रहरीमा काम गरी अवकाश जीवन बिताइरहेका थिए । श्रीमती शान्तादेवी निरौला, छोरा बुहारी गणेशबाबु र विमला न्यौपाने निरौलाका साथमा रहेका हवल्दार वा केही समयदेखि स्वास्थ्य लाभ गरिरहेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

निरौलाको साउन १६ गते बिहान १० वजे घरबाट शवयात्रा सुरु गरी कावेली घाटमा अन्येष्टि गर्ने छिमेकी लक्ष्मी काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!