१९ भाद्र २०८२, शुक्रबार

बसपार्क चलाउन फुङलिङ नगरपालिकाले ल्यायो नगद पुरस्कार देखि ज्याकेट वितरण सम्मका योजना

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन १५, २०८२

ताप्लेजुङ – निर्माण पुरा भएरपनि बसपार्क सञ्चालनमा कठिनाइ भएपछि फुङलिङ नगरपालिकाले चालक तथा सञ्चालकका लागि आकर्षक प्याकेजको घोषणा गरेको छ । नगरपालिका प्रमुख अमिर मादेनले बसपार्कमा गाडी पार्किङ गर्ने चालकलाई हिउँदमा लगाउने बाक्लो र बर्खामा लगाउने पातलो खालको गरी दुईखाले ज्याकेट उपलब्ध गराउने बताए ।

हरेक वर्ष चारजना चालकलाई दुई देखि १० हजारसम्मको नगद पुरस्कारबाट पुरस्कृत गरिनेपनि उल्लेख गरे । नगरपालिकाले तत्कालकालागि कुनै शुल्क नलिनेपनि निर्णय गरेको छ । बस तथा ट्याक्सी काउण्टरका सञ्चालकको माग अनुसार सिसि क्यामरा, चमेना गृह, भान्सा घर, शौचालय, इभी गाडीका लागि चार्जिङ स्टेशनसम्मको व्यवस्थापन गरिएकाले अव ढुक्क भएर बसपार्कमै आफ्ना सवारी राख्नपनि उनले आग्रह गरे ।

यसअघि २०८१ भदौ २० गते नगरपालिकाले बसपार्क बाटै यातायात सञ्चालनकालागि सबै सवारी साधनलाई बसपार्क पुर्याएको थियो । तर चालक तथा काउन्टर सञ्चालकले सुरक्षा नभएको, खानेबस्ने ठाउँ नभएको जस्ता गुनासा गरेपछि नगरपालिकाले यी पूर्वाधार निर्माण गरिदिएको छ । प्रहरी चौकीकालागि बस्ने घर बनाइएको पनि मादेनले बताए । सदरमुकाम फुङलिङको प्रवेशद्वार छेउबाट एक किलोमिटरमा रहेको बसपार्क निर्माणमा १० करोड वढी लगानी भएको नगरपालिका प्रमुख मादेन बताउँछन्‌

अहिलेसम्म तोक्मेडाँडामा रहेको अनन्त भट्टराईको जग्गामा र सडकको दायाँबायाँ पार्किङ हुँदै आएको छ । मेला, महोत्सव जात्रा जस्ता पर्वपनि सुरु भएको र साँघुरो सडकमा दुर्घटनाको जोखिम बढी हुने भएकाले चार पाङ्ग्रे सवारी अनिवार्य पार्किङस्थलमा राख्नुपर्ने अवस्था सृजना भएको मादेन बताउँछनट्राफिक प्रहरी कार्यालयले पनि अव पार्किङस्थलमा नलगाए जरिवाना गर्ने चालकवर्गलाई चेतावनी दिएको छ । ट्रक र तीन पाङ्ग्रे टेम्पोको हकमाभनें सदरमुकाम क्षेत्रमै हुने ट्राफिक प्रहरीले जनाएको छ ।

पार्किङ सुरु भएको पहिलो दिन ३१ वटा सवारी साधन पार्किङस्थलमा गएको नगरपालिका प्रमुखका स्वकीय सचिव अञ्चल गुरुङ बताउँछन । सवारी चालकलाई खादा, अक्षता लगाएर बिहीबार स्वागतपनि गरिएको थियो ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!