

ताप्लेजुङ – पुष तेश्रो साता सञ्चालक समितिमा निर्वाचित पाथीभरा क्याम्पसका अध्यक्ष शिला इजमले छ महिना पछि पहिलो सदस्य नियुक्त गरेकी छन् ।
एक महिला सहित तीनजना सदस्य मनोनयन गर्न पाउने व्यवस्था अनुसार मेरिङदेन गाउँपालिका ४ लिङतेपका विश्व नाल्वोलाई नियुक्त गरिएको हो । नाल्बो नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता हुन् ।
यसअघि समितिको सदस्यमा गीता सेन्दाङ, मैया न्यौपाने, पृथ्वीप्रसाद मादेन, टेकनाथ अधिकारी र सन्तोषकुमार सार्की निर्वाचन प्रकृयाबाट सदस्य भएका छन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पहिलो महिला अध्यक्ष इजमले प्रतिस्पर्धी कुमार मादेनलाई पराजित गरेर निर्वाचित भएकी थिइन ।
क्याम्पस सभामा प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका सबै स्थानीय तहका प्रमुख मतदाताको रुपमा रहने प्रावधान छ ।